८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल १० फाल्गुन ०७६,शनिवार


१० फाल्गुन २०७६, शनिबार  

0
Shares

राशिफल फाल्गुण १०, २०७६ – 22 February, 2020, शनिवार

पञ्चाङ्ग :
वि.सं. २०७६ फागुन १०। शनिबार। इ.स. २०२० फेब्रुवरी २२। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। चतुर्दशी, १८:३७ उप्रान्त औंसी। नक्षत्र– श्रवण, ११:२२ बजेउप्रान्त धनिष्ठा। योग– वरियान्, ७:३५ बजेउप्रान्त परिघ। करण– शकुनि, १८:३७ बजेदेखि चतुष्पद, ३१:१७ बजेउप्रान्त नाग। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– मकर, २४:१४ बजेउप्रान्त कुम्भ। काठमाडौंमा सूर्योदय– ६:३८ बजे, सूर्यास्त– १७:५८ बजे र दिनमान २८ घडी १ पला। सर्वार्थसिद्धियोग ११:२२ बजेसम्म। धनिष्ठा पञ्चक २४:१४ बजे प्रारम्भ।

राशिफल

मेष – मानसिक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ ।
वृष – आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ ।
मिथुन – कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला ।
कर्कट – उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।
सिंह – व्यापारमा हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ, यात्रा घातक बन्न सक्छ ।
कन्या – अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । चोटपटकको भय पनि छ ।
तुला – आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गी बाट सहयोग मिल्ला ।
वृश्चिक – दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
धनु – वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ ।
मकर – दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ ।
कुम्भ – सवारी साधन प्राप्तिको योग छ, व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ ।
मीन – मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ९ : १६ बजे