२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


वाग्मती प्रदेशका पत्रकारले पेन्सन पाउने


१० फाल्गुन २०७६, शनिबार  

0
Shares


१० फागुन ०७६, हेटौडा । वाग्मती प्रदेश सरकारले पत्रकारको हकहितका लागि पेन्सन दिने व्यवस्था शुरु गर्न लागेको छ ।
वाग्मती प्रदेश सरकारको प्रेस रजिस्टारको कार्यालयले ३० वर्ष पत्रकारिता गरेको र ६० वर्ष उमेर पूरा गरेका ज्येष्ठ पत्रकारलाई पेन्सन दिने व्यवस्था शुरु गर्ने लागेको हो ।
वाग्मती प्रदेशका ज्येष्ठ पत्रकारलाई मासिक रु तीन हजारका दरले पेन्सन दिने व्यवस्था शुरु गर्न लागेको प्रेस रजिस्टारको कार्यालयले जनाएको छ । पेन्सनका लागि सरकारले रु १५ लाख बजेट छुट्याइएको बताइएको छ ।
दुर्घटनामा मृत्यु भएका पत्रकारलाई ५० हजार आर्थिक सहायता दिने कार्य्विधिसमेत पारित भएको प्रेस रजिस्टार रेवती सापकोटाले जानकारी दिनुभयो । “दुर्घटनामा परेर घाइते भएका पत्रकारलाई रु ३० हजार दिने र क्यान्सर तथा मिर्गौला रोगबाट पीडित पत्रकारलाई रु ७५ हजारसम्म सहयोग गर्ने योजना सरकारले अगाडि सारेको छ”, उहाँले भन्नुभयो, “सुत्केरी पत्रकारलाई प्रोत्साहनस्वरुप रु ३० हजारका दरले चार वटा फेलोसिप दिने योजना पनि प्रदेश सरकारको छ ।” प्रेस रजिस्टारको कार्यालयबाट हालसम्म करिब १०० पत्रकारले परिचयपत्रसमेत प्राप्त गरेको बताइएको छ ।

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले पत्रकारको हकहितका लागि कानून निर्माणका साथै विभिन्न कार्याक्रम ल्याएको जानकारी दिनुभयो ।
प्रदेश सरकारले पत्रकार कल्याणकरी कोषको स्थापना गर्ने तयारी गरेको उल्लेख गर्दै उहाँले आफू श्रमजीवी पत्रकारका पक्षमा उभिएको बताउनुभयो ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ४ : ३४ बजे