८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (११ फाल्गुन ०७६,आइतवार)


१० फाल्गुन २०७६, शनिबार  

0
Shares

राशिफल फाल्गुण ११, २०७६ – 23 February, 2020, आइतवार
औंसी – द्वापरयुगादि

पञ्चाङ्ग :
वि.सं. २०७६ फागुन ११। आइतबार। इ.स. २०२० फेब्रुवरी २३। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। औंसी, २०:०३ उप्रान्त प्रतिपदा। नक्षत्र– धनिष्ठा, १३:११ बजेउप्रान्त शतभिषा। योग– परिघ, ७:२४ बजेउप्रान्त शिव। करण– चतुष्पद, ७:१७ बजेदेखि नाग, २०:०३ बजेउप्रान्त किंस्तुघ्न। आनन्दादिमा मातंग योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:३७ बजे, सूर्यास्त– १७:५९ बजे र दिनमान २८ घडी ५ पला। पञ्चक। अमावश्या। दर्शश्राद्ध। हलो र निशि बार्ने औंसी। द्वापरयुगादि।

राशिफल

मेष – शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ ।
वृष – मनग्य धन कमाउने अवसर मिल्नेछ । अरुको मनजित्न सजिलै सकिनेछ ।
मिथुन – अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ ।
कर्कट – व्यवसायिक क्षेत्रमा लाभप्रद छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ ।
सिंह – बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोलीलाई नियन्त्रणमा राख्नुहोला ।
कन्या – विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुनेछ ।
तुला – मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, नसोचेका कामहरु बन्ने छन ।
वृश्चिक – समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ ।
धनु – सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअडचन आउने छ ।
मकर – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ ।
कुम्भ – काममा मातापिताको सहयोग प्राप्त होला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।
मीन – सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ११ : १९ बजे