२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माला लगाएर महराको भाषण शुरु ः ‘मेरो जीत नै जनताको जीत हो’


१२ फाल्गुन २०७६, सोमबार  

0
Shares

पूर्वसभामुख तथा दाङ निर्वाचन क्षेत्र नं २ का सांसद कृष्णबहादुर महरालाई भालुवाङमा स्वागत गरिँदै । तस्वीर ः सन्तोष अधिकारी/रासस

१२ फागुन ०७६, दाङ्ग । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो जीत नै जनताको जीत भएका बताउनुभएको छ । दाङको लमहीमा आज गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महराले उहाँले भन्नुभयो, “मेरो जीत नै जनताको जीत हो, जनताको माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जीत भयो ।”
उहाँले जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बिगतमा पनि सधै देशकै लागि लडेको र आगामी दिनमा पनि देशकै लागि लड्ने बताउनुभयो । “नेपालको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वतन्त्रता, नेपालको सर्वभौमसत्ता रक्षा गर्ने मेरो कर्तव्य हो”, उहाँले भन्नुभयो, “त्यसकालागि म सधै लडिरहनेछु ।” उहाँलाई दाङका विभिन्न स्थानमा स्वागत गरिएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ९ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।