८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल १३ फाल्गुन ०७६,मंगलवार


१३ फाल्गुन २०७६, मंगलबार  

0
Shares

राशिफल फाल्गुण १३, २०७६ – 25 February, 2020, मङ्गलवार

द्वितीया – चन्द्र उदय/ विश्व कुष्ठरोग विरुद्धको दिवस

पञ्चाङ्ग :
वि.सं. २०७६ फागुन १३। मंगलबार। इ.स. २०२० फेब्रुवरी २५। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। द्वितीया, २३:५४ उप्रान्त तृतीया। नक्षत्र– पूर्वभाद्रपदा, १७:५३ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– सिद्ध, ७:५४ बजेउप्रान्त साध्य। करण– वालव, १०:५१ बजेदेखि कौलव, २३:५४ बजेउप्रान्त तैतिल। आनन्दादिमा काण योग। चन्द्रराशि– कुम्भ, ११:१५ बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ६:३५ बजे, सूर्यास्त– १८:० बजे र दिनमान २८ घडी ३ पला। पञ्चक। सर्वार्थसिद्धियोग १७:५३ बजेदेखि। त्रिपुष्कर योग १७:५३ बजेसम्म ।

आजको राशिफल :

मेष – प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । कामबाट विश्राम लिने मौका छ ।
वृष – सानो कामका लागि निकै दौडधुप गर्नुपर्ला । तापनि, लगानीको उचित प्रतिफल मिल्नेछ ।
मिथुन – शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ साथै मनोरन्जनका साथ दिन बित्नेछ ।
कर्कट – शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । व्यापार–व्यवसायमा पनि फाइदा होला ।
सिंह – प्रशस्त धन लाभ हुनेछ । अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ ।
कन्या – लगनशीलताले जीवनशैलीमा परिवर्तन आउन सक्छ । आम्दानी पनि राम्रै हुनेछ ।
तुला – जागिरमा पदोन्नतिको योग छ । अध्ययनअध्यापन फलदायी रहनेछ ।
वृश्चिक – बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ, धन लाभ होला ।
धनु – आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ ।
मकर – खर्च बढ्ने र अर्थ अभावले काम रोकिने सम्भावना छ, प्रतिनिधिमूलक यात्रा गर्ने मौका आउला ।
कुम्भ – दीर्घकालीन नबनेका काम बन्नेछ, आयआर्जन र विद्यामा बुद्धि हु्नेछ ।
मीन – मानसमान पदप्रतिष्ठा मिल्नेछ । व्यापार व्यवसाय कार्य सहज रहनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ७ : ०४ बजे