८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (१४ फाल्गुन ०७६ बुधवार)


१४ फाल्गुन २०७६, बुधबार  

0
Shares

राशिफल फाल्गुण १४, २०७६ – 26 February, 2020, बुधवार
 पञ्चाङ्ग :
वि.सं. २०७६ फागुन १४। बुधबार। इ.स. २०२० फेब्रुवरी २६। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तृतीया, २६:०३ उप्रान्त चतुर्थी। नक्षत्र– उत्तरभाद्रपदा, २०:३० बजेउप्रान्त रेवती। योग– साध्य, ८:२६ बजेउप्रान्त शुभ। करण– तैतिल, १२:५९ बजेदेखि गर, २६:०३ बजेउप्रान्त वणिज। आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ६:३४ बजे, सूर्यास्त– १८:०१ बजे र दिनमान २८ घडी ६ पला। पञ्चक।
राशिफल :
मेष – गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला ।
वृष – टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ, साथै धनजनको आर्जन होला ।
मिथुन – छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुनेनैछ ।
कर्कट – आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
सिंह – नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ ।
कन्या – वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ ।
तुला – खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।
वृश्चिक – विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ ।
धनु – प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ ।
मकर – स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ ।
कुम्भ – कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।
मीन – चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने समय छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ७ : ४६ बजे