५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


पारस अग्नी ग्रुपको ब्राण्ड एम्बासडर


१४ फाल्गुन २०७६, बुधबार  

0
Shares

दईु पक्षिय सम्झौतमा
हस्ताक्ष्रर गर्दै क्रिकेटर खड्का । तस्विर ः ललितपुर खबर

१४ फागुन ०७६, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई महिन्द्रा एण्ड महिन्द्राको नेपालस्थित आधिकारिक बिक्रेता अग्नी ग्रुपले आफ्नो ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । उक्त ग्रुपले खड्कालाई रु ५० लाख बराबरको महिन्द्रा कम्पनीको ‘एक्सयूभी ३०० कार’ उपलब्ध गराएको छ । अग्नी ग्रुपले खड्कालाई दुई वर्षका लागि ब्राण्ड एम्बासडर नियुक्त गरेको हो । अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा र खड्काले आज उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । पारसले कम्पनीसितको सहकार्य लामो समयबाट रहँदै आएको तथा कम्पनीसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे । उनी मोटरसाइकलको यसअघि नै ब्राण्ड प्रवद्र्धक रहिसकेका छन् । यसअघि अग्नि ग्रुपले पूर्व्मिस नेपाल शृङ्खला खतिवडालाई तीन वर्षका लागि ब्राण्ड एम्बासडर नियुक्त गरेको थियो । कार्यक्रममा ग्रुपका वरिष्ठ निर्देशक दुर्गाप्रसाद आचार्य, उपनिर्देशक बरदान बस्नेत, पूर्व्मिस नेपाल खतिवडालगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ११ : ३६ बजे