८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (१५ फाल्गुण २०७६)


१५ फाल्गुन २०७६, बिहिबार  

0
Shares


चतुर्थी (राष्ट्रिय मगर दिवस)
पञ्चाङ्ग
वि.सं. २०७६ फागुन १५ । बिहीबार । इ.स. २०२० फेब्रुवरी २७ । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । शिशिर ऋतु । ने.सं. ११४० चिल्लाथ्व । फाल्गुण शुक्लपक्ष । चतुर्थी, २८ ः ०७ उप्रान्त पञ्चमी । नक्षत्र– रेवती, २३ ः ०४ बजे उप्रान्त अश्विनी । योग– शुभ, ९ ः ०० बजे उप्रान्त शुक्ल । करण– वणिज, १५ ः ०६ बजेदेखि भद्रा, २८ ः ०७ बज ेउप्रान्त वव । आनन्दादिमा मित्र योग । चन्द्रराशि– मीन, २३स्०४ बजे उप्रान्त मेष । काठमाडौंमा सूर्योदय– ६ ः ३३ बजे, सूर्यास्त– १८ ः ०२ बजे र दिनमान २८ घडी १ पला । सर्वार्थ्सिद्धियोग १५ ः ०६ बजेसम्म र २८ ः ०७ बजेदेखि । पञ्चक २३ ः ०४ बजे समाप्त ।

राशिफल
मेष– कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरणमा रमाउने दिन छ ।
वृष– लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।
मिथुन– सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धन तत्काल खर्च गर्नुपर्ला
कर्कट– समझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ ।
सिंह– दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ ।
कन्या– अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला ।
तुला– पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला ।
वृश्चिक– पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन ्।
धनु– पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ ।
मकर– आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षित होइउला ।
कुम्भ– केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला।
मीन– मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ९ : ०५ बजे