७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


पाटनमा सम्यक महादानका रात्रीकालीन दृश्य


१५ फाल्गुन २०७६, बिहिबार  

0
Shares

सम्यक महादानको क्रममा पाटन दरवार आइपुगेका विभिन्न बुघ अवतार नागवहाल तर्फ जाने क्रममा । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी
१५ फागुन ०७६,पाटन । प्रत्येक पाँच बर्षमा ललितपुरको पाटनमा मनाइने सम्यक महादान पर्व बुधबार साँझबाट शुरु भएको छ । बुधबार राती १० बजे उपत्यकाका विभिन्न शहरबाट पाटन दरवार परिसर आइपुगेका बुद्धका अवतार लाइन लगाएर नाग वहाल पु¥याइयो ।

सम्यक महादानमा सहभागी हुन पाटन आइपुगेका श्रद्धालुहरु ।

पाटन, कीर्तिपुर भक्तपुर र काठमाडौंलगायतको भिन्नभिन्न ठाँउबाट ल्याइएका दिपांकर बुद्ध, बसुन्धारा, आर्य तारालगायत बुद्धका मूर्तिसँगै बोकर ल्याउदा विभिन्न अवतारका बुद्ध हिडेरै आएको भान भएको थियो । पाटनको नाग बाहलमा विहीबार दिनभर पूजा तथा दान लेन देन गरि सम्यक महादान पर्व मनाइन्छ ।

पाटन दरवारतर्फ जाँदै भक्तजन ।

सम्यक महादान पाटनमा ५ वर्षमा एक पटक, काठमाडौंमा १२ वर्षमा र भक्तपुरमा हरेक वर्ष मनाउने गरिन्छ । पाटनमा २ सय बर्षअघि हरेक वर्ष यो पर्व मनाइन्थ्यो भन्ने जनश्रृती छ । महँगो जनजीवनपछि हरेक ५ बर्षमा मनाउने भलन शुरु भएको कथन छ । सम्यक महादान नेवाः बुद्ध धर्मवाबलम्बीहरुले महान पर्वको रुपमा मनाउने गर्छन् ।

सम्यक महाानमा ल्याइएका मूर्तिहरु ।

पाटनमा सम्यक पर्व हेर्न स्थानीय नेवार समुदायलगायत विभिन्न ठाँउबाट श्रद्धालु आइपुगेका थिए । महादान पर्वको पहिलो दिन विहीबार साँझ पाटन क्षेत्र भीडभाड थियो । नागवाहालमा रातभर जागराम बसेर यो पर्व शुरुवाल भयो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ११ : ०८ बजे