८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (१६ फाल्गुण २०७६,शुक्रबार)


१६ फाल्गुन २०७६, शुक्रबार  

0
Shares


पञ्चाङ्ग
वि.सं. २०७६ फागुन १६ । शुक्रबार । इ.स. २०२० फेब्रुवरी २८ । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । शिशिर ऋतु । ने.सं. ११४० चिल्लाथ्व । फाल्गुण शुक्लपक्ष । पञ्चमी, २९ ः ५६ उप्रान्त षष्ठी । नक्षत्र– अश्विनी, २५ ः २६ बजेउप्रान्त भरणी । योग– शुक्ल, ९ ः २८ बजेउप्रान्त ब्रह्म । करण– वव, १७ ः ०४ बजेदेखि वालव, २९ ः ५६ बजेउप्रान्त कौलव । आनन्दादिमा वज्र योग । चन्द्रराशि– मेष । काठमाडौंमा सूर्योदय– ६ ः ३२ बजे, सूर्यास्त– १८ ः ०२ बजे र दिनमान २८ घडी ५ पला । सर्वार्थ्सिद्धियोग २५ ः २६ बजेसम्म ।
राशीफल
मेष– काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला ।
वृष– आयआर्जन हुने दिन छ , यात्राको संभावना छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ ।
मिथुन– घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ ।
कर्कट– सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ ।
सिंह– आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ, सोचेकोे काम समयमै सम्पन्न नहोला ।
कन्या– पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ ।
तुला– पैसो कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ ।
वृश्चिक– मनमा उदासिन्ता बढने काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन विस्वास गरेकाले धोका दिेनेछन ।
धनु– स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ ।
मकर– काम बन्नाले मन रमाृउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
कुम्भ– व्यापारबाट राम्रै आम्दानी हुनसक्छ ।ै नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला ।
मीन– खानामा सचेत रहनु पर्ने दिन छ । अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला ।
“केहो सर्वार्थ सिद्धि योग भनेको ?
वार अनि नक्षत्रको संयोगबाट बन्ने योगलाई सर्वार्थ सिद्धि योग भनिन्छ । यस दिन गरेका सबै शुभ कामहरु सिद्धि हुन्छन भन्ने अर्थमा यसलाई सर्वार्थ सिद्धि योग भनिएको हो । त्यसकारण यो एक अत्यंत शुभ योग हो ।

आइतवार हस्ता, मूल, उ।फा, उ।षाढा, उ भाद्रापदा, पुष्य, अस्विनी परेमा सर्वार्थ सिद्धि योग बन्छ ।
सोमवार रोहिणी, मृगशिरा, पुष्य, अनुराधा वा श्रवण नक्षत्र परेमा सर्वार्थ सिद्धि योग बन्छ
मंगलवार अश्विनी, उत्तरभाद्रापदा, कृत्तिका र अश्लेशा ।
बुधवार रोहिणी अनुराधा हस्ता कृत्तिका मृगशिरा
बिहिवार रोहिणी, अनुराधा, अश्विनी, पुनर्वसु, पुष्य ।
शुक्रवार रोहिणी, अनुराधा, अश्विनी, पुनर्वसु, श्रवण
शनिवार श्रवण स्वाति रोहिणी

नोट बिहिवार र शुक्रवार बन्ने सर्वार्थ सिद्धि योगमा कुनै पनि तिथिले यो योग नष्ट गर्दैन तर अन्य वारका बनेको योगलाई कुनै विशेष तिथिले यो योगको फल नष्ट पनि गर्छ । सोमवार द्वितीया अनि एकादशी तिथि परेमा यो शुभ योग अशुभ मुहूर्तमा बदलिन्छ ।“

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : ५९ बजे