८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (१७ फाल्गुन ०७६ शनिवार)


१७ फाल्गुन २०७६, शनिबार  

0
Shares

 

राशिफल फाल्गुण १७, २०७६ – 29 February, 2020, शनिवार 

पञ्चाङ्ग
वि.सं. २०७६ फागुन १७। शनिबार। इ.स. २०२० फेब्रुवरी २९। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। षष्ठी, ३१:२३ उप्रान्त सप्तमी। नक्षत्र– भरणी, २७:२८ बजेउप्रान्त कृत्तिका। योग– ब्रह्म, ९:४३ बजेउप्रान्त ऐन्द्र। करण– कौलव, १८:४३ बजेदेखि तैतिल, ३१:२३ बजेउप्रान्त गर। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ६:३१ बजे, सूर्यास्त– १८:०३ बजे र दिनमान २८ घडी ९ पला।

राशिफल :

मेष – आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, ठुला ब्यक्तिसंग पनि भेटघाट हुन सक्छ ।
वृष – कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ ।
मिथुन –  आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ, लेनदेको काम पनि नगरेकै बेश होला ।
कर्कट – स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला ।
सिंह – काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला ।
कन्या – कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ ।pre
तुला – विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, काम गर्नमा थप जांगर थपिने देखिन्छ ।
वृश्चिक – शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन, ब्यर्थै समयको नाश होला ।
धनु – मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला ।
मकर– प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग रहेको छ ।
कुम्भ – परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजन संग पनि भेटघाट होला ।
मीन – भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, सवारीसाधन चलाउदा विचार पुर्याएर मात्र चलाउनु होला ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ७ : २० बजे