८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (१८फाल्गुन ०७६ आइतबार)


१८ फाल्गुन २०७६, आइतबार  

0
Shares

राशिफल फाल्गुण १८, २०७६ – 1 March, 2020, आइतवार

पञ्चाङ्ग :
वि.सं. २०७६ फागुन १८। आइतबार। इ.स. २०२० मार्च १। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। षष्ठी, ७:२३ उप्रान्त सप्तमी। नक्षत्र– कृत्तिका, २९:०५ बजेउप्रान्त रोहिणी। योग– ऐन्द्र, ९:४१ बजेउप्रान्त वैधृति। करण– तैतिल, ७:२३ बजेदेखि गर, १९:५७ बजेउप्रान्त वणिज। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– मेष, ९:५५ बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ६:३० बजे, सूर्यास्त– १८:०४ बजे र दिनमान २८ घडी ३ पला। त्रिपुष्कर योग ८:२३ देखि २०:४१ बजेसम्म।

राशिफल :

मेष – व्यर्थको खर्च हुनेछ खर्च घटाउने प्रयास गर्नु होला, खानामा पनि एकदमै सावधान रहनु होला रोग लाग्न सक्छ ।
वृष – रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा–मामिलामा विजयी भइनेछ, अन्नलाभ पनि होला ।
मिथुन – आफन्त मिलनले सुख दिनेछ । पैसो कमाउने योग साथ्ौ पाहुनाको आगमनले मन हर्षित रहला ।
कर्कट – कामहरु पनि सजिलै संग बन्ने छन । साथै टाढाको यात्रा हुने योग छ, ब्यापारबाट सामान्य नाफा होला ।
सिंह – शरिरमा रोगले सताउला, धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला ।
कन्या – काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छm, रुपैयापैसाको लेनदेन पनि खासै राम्रो छैन ।
तुला – काम बन्नाले सुखको अनुभव हुन्छ । पठन–पाठनमा मन जानेछ, घरायसी काममै दिन जाने देखिन्छ ।
वृश्चिक – नया कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागर बडने देखिन्छ, आर्थिक लाभ पनि होला ।
धनु – पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला, अनौठो समाचार पनि सुन्न पाइएला ।
मकर– सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ ।
कुम्भ – नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ ।
मीन – अल्झेकाकामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ, टाढाको यात्राको पनि योग रहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ६ : २७ बजे