८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल १९ (फाल्गुन ०७६ सोमवार)


१९ फाल्गुन २०७६, सोमबार  

0
Shares

राशिफल फाल्गुण १९, २०७६ – 2 March, 2020, सोमवार

पञ्चाङ्ग :
वि.सं. २०७६ फागुन १९। सोमबार। इ.स. २०२० मार्च २। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। सप्तमी, ८:२३ उप्रान्त अष्टमी। नक्षत्र– रोहिणी, ३०:१२ बजेउप्रान्त मृगशिरा। योग– वैधृति, ९:१८ बजेउप्रान्त विष्कम्भ। करण– वणिज, ८:२३ बजेदेखि भद्रा, २०:४१ बजेउप्रान्त वव। आनन्दादिमा प्रवर्द्धमान योग। चन्द्रराशि– वृष। काठमाडौंमा सूर्योदय– ६:२९ बजे, सूर्यास्त– १८:०४ बजे र दिनमान २८ घडी ७ पला। सर्वार्थसिद्धियोग ८:२३ बजेसम्म र २०:४१ देखि ३०:१२ बजेसम्म।

राशिफल :

मेष – स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको पनि नाश हुन दिने छ, पीडा दिनेहरु सक्रिय रहलान ।
वृष – पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्ति बाट हुनेछन, नयां कामको थालनी हुने दिन छ ।
मिथुन – आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला ।
कर्कट – प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुनसक्छ ।
सिंह – घरेलु समस्याले सताउने छ । मित्र बनेर धोकादिनेहरु प्रसस्थै हुनेछन, साथै अर्थको पनि हानी हुने दिन छ ।
कन्या – नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ ।
तुला – आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
वृश्चिक – पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ, साथीभाइसंग भेटघाट पनि होला ।
धनु – बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला ।
मकर – व्यापारमा गरेकोको लगानि सन्तोस प्रद रहनेछ । अरुबाट प्रसम्सा पाउनुहोला, मन हर्षित हुने दिन छ ।
कुम्भ – बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ, पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला ।
मीन – चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ७ : ५६ बजे