२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोनाका कारण बुटवलमा हुने लगानी सम्मेलन स्थगित


१९ फाल्गुन २०७६, सोमबार  

0
Shares


१९ फागुन ०७६, बुटवल । प्रदेश नं.४ सरकारले आगामी वैशाखमा आयोजना गर्न लागेको प्रदेश लगानी सम्मेलन स्थगन गर्ने भएको छ । विश्वभरि नै कोरोना ९कोभिड ९१९० भाइरसको सङ्क्रमण बढेसँगै नेपाल पनि त्यसको उच्च जोखिममा रहेको अवस्थामा उच्च सतर्कता अपनाउन लगानी सम्मेलन हाललाई स्थगन गर्ने निर्णय आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेको प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो ।
प्रदेश सरकारले प्रदेशमा लगानीको वातावरण जुटाउन आगामी वैशाख ४ र ५ गते बुटवलमा लगानी सम्मेलन आयोजना गर्ने कार्यक्रम थियो । सम्मेलनमा भाग लिन स्वदेशी तथा विदेशी पाहुनासमेत आउने भएकाले कोभिड९ १९ को सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा अराखी सम्मेलन स्थगन गरिएको सरकारका प्रवक्ता चौधरीले जानकारी दिनुभयो । सम्मेलनको अर्को मिति भने परिस्थिति सहज बनेपछि तय गरिने उहाँले जानकारी दिनुभयो ।

यस्तै कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणसँगै सतर्कता अपनाउन केन्द्र सरकारको सजगता तयारीलाई कार्यान्वयन गर्ने निर्णयसमेत गरिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो । प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत जिल्लामा आयोजना हुने मेला महोत्सव तथा मानिस भेला हुने कुनै पनि खालका कार्यक्रममा रोक लगाउन निर्देशनसमेत दिने बैठकले निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकले भौतिक पूर्वाधार मन्त्रालयको प्रस्तावमा सडक निर्माण, मर्मतसम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभासमक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना र सञ्चालनसम्बन्धी विधेयकको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा साझेदारी नियमावली २०७६ लाई स्वीकृत गरेको छ भने प्रादेशिक साहित्य कला प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्नेसमेत निर्णय गरेको छ ।

बैठकले प्रदेश सरकारअन्तर्गतका ११औँ तहका चिकित्सक डा मनिलाल नेवार श्रेष्ठलाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउनेसमेत निर्णय छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ९ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।