२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘म सभापतिको उम्मेदवार होइन’ ः सिटौला


२० फाल्गुन २०७६, मंगलबार  

0
Shares


१९ फागुन ०७६, झापा चन्द्रगढी । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । झापाको चन्द्रगढीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले काँग्रेसको १४औँ महाधिवेशनमा आफ्नो तेस्रो वैचारिक धारको अलग्गै टिम कायम रहने बताउनुभयो । आगामी महाधिवेशनमा पार्टीको नेतृत्वबारे सञ्चारकर्मीले राखेको एक जिज्ञासामा उहाँले भन्नुभयो, “म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम आजै त्यागिदिनुस् ।” उहाँले तोकिएको मितिमा काँग्रेसको महाधिवेशन हुन नसके सङ्गठनभित्र जटिल समस्या उत्पन्न हुने बताउनुभयो । नेपाल विद्यार्थी सङ्घ, तरुण दल र महिला सङ्घलगायत पार्टीका भातृसंस्थाको महाधिवेशन पार्टीको भन्दा अगाडि गर्न नसकिए पनि शुभेच्छुक संस्था प्रेस युनियनको भने तोकिएको समयमै हुनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १२ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।