११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विद्यालयमा भेला नगर्न मन्त्रालयको आग्रह


२० फाल्गुन २०७६, मंगलबार  

0
Shares

२० फागुन ०७६,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको वार्षिक उत्सव, सभा, अभिभावक भेला नगर्न आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण र सन्त्रास फैलिएकोले आवश्यक सतर्कता अपनाउनका लागि भेला नगर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । मन्त्रालयमा आज नेपाल शिक्षक महासङ्घ, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ९प्याब्सन० सहितको बैठकले सार्वजनिक ठाउँमा कोरोना भाइरस बढ्ने सम्भावना भएकोले सर्तकता अपनाउन विद्यालयमा भेला नगर्ने निर्णय गरेको उहाँले जानकारी गराउनुभयो ।

उहाँका अनुसार विद्यालयलाई कक्षा १ देखि ९ सम्मको परीक्षा चाडै नै सञ्चालन गरी आगामी चैत्र ५ गतेभित्र सक्ने समेत भनिएको छ ।
–––

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ९ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।