८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (२१ फाल्गुन ०७६, बुधवार)


२१ फाल्गुन २०७६, बुधबार  

0
Shares

राशिफल फाल्गुण २१, २०७६ – 4 March, 2020, बुधवार

पञ्चाङ्ग :
वि.सं. २०७६ फागुन २१। बुधबार। इ.स. २०२० मार्च ४। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। नवमी, ८:५० उप्रान्त दशमी। नक्षत्र– मृगशिरा, ६:५० बजेउप्रान्त आर्द्रा। योग– प्रीति, ७:२२ बजेदेखि आयुष्मान्, २९:४९ बजेउप्रान्त सौभाग्य। करण– कौलव, ८:५० बजेदेखि तैतिल, २०:३८ बजेउप्रान्त गर। आनन्दादिमा अमृत योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ६:२७ बजे, सूर्यास्त– १८:०५ बजे र दिनमान २९ घडी ६ पला।

राशिफल :

मेष – प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ, आयआर्जनको स्रोत फेला पर्ला ।
वृष – समय राम्रो भएपनि आज खर्च बढने विबाद बढने तथा शत्रुले सताउने योग छ सावधान रहनु होला ।
मिथुन – शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ, प्रेमसम्बन्ध बलियो रहनेछ ।
कर्कट – व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला ।
सिंह – प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला, दिन सामान्य नै छ ।
कन्या – आज आर्थिक संकट पनि आउनेछ लेनदेनमा विबाद पनि बढनेछ, घरायसी समस्या पनि आउला ।
तुला – गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ । अरुको काम धेरै गर्नु पर्ला, समयको बचत कम हुने दिन छ ।
वृश्चिक – दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ, पैसो लेनदेनकाृे काम पनि होला
धनु – परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ ।
मकर  – लेनदेनको समस्याले सताउनेछ, शत्रु पनि बढने छन, ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला ।
कुम्भ – पढाइमा सुधार आउने योग छ । कुराकाटनेहरु प्रसम्सक बन्ने छन, जागीरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ ।
मीन – लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ७ : ०४ बजे