८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (२२ फाल्गुण २०७६, बिहीवार)


२२ फाल्गुन २०७६, बिहिबार  

0
Shares


पञ्चाङ्ग
वि.सं. २०७६ फागुन २२ । बिहीबार । इ.स. २०२० मार्च ५ । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । शिशिर ऋत ु। ने.सं. ११४० चिल्लाथ्व । फाल्गुण शुक्लपक्ष । दशमी, ८ ः १८ उप्रान्त एकादशी । नक्षत्र– आर्द्रा, ६ ः ५८ बजेउप्रान्त पुनर्वशु । योग– सौभाग्य, २७ ः ५४ बजेउप्रान्त शोभन । करण– गर, ८ ः १८ बजेदेखि वणिज, १९ ः ५१ बजे उप्रान्त भद्रा भद्रा भद्राको समयमा प्राय शूभ काममा सावधान रहनु र रुपैया पैसाको सापटी लिने दिने काम भरसक नगर्नु ।
आनन्दादिमा काण योग । चन्द्रराशि– मिथुन, २४ ः ४६ बजेउप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय– ६ ः २६ बजे, सूर्यास्त– १८ ः ०६ बजे र दिनमान २९ घडी ० पला ।
राशीफल
मेष– व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ ।
वृष– बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत रहनुहोला, निको भएको रोगले पुन सताउन सक्छ ।
मिथुन– विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, वित्तादी लाभ होला ।
कर्कट– अरुको विस्वास जित्न सजिलै सकिनेछ । धन मान पाउने योग छ, गरेको कामबाट फाइदा नै हुनेछ ।
सिंह– अनुकूल यात्राको सम्भावना छ । पठनपाठन सामान्य रहला, फुर्स्दिलो समय छ ।
कन्या– हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ ।
तुला– नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ ।
वृश्चिक– सोचने शक्तिबढने छ । कुराकाटनेहरु प्रसम्सा गर्न थालने छन, अन्न तथा धनको पनि वृद्धि हुनेछ ।
धनु– परिश्रमले धेरैकाम बन्नेछन धनपनी मनग्य कमाउनु होला साथै भाग्य पनि बलियो छ ।
मकर– अनावश्यक रुपमा कसैसंग झै झगडा हुन सक्छ, साथै यात्रामा पनि सावधान रहनु होला, ।
कुम्भ– मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने दिन छ ।
मीन– अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिलनेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  २ : १३ बजे