८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (२३ फाल्गुन ०७६,शुक्रवार)


२३ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

राशिफल फाल्गुण २३, २०७६ – 6 March, 2020, शुक्रवार
एकादशी – आमलकी एकादशी व्रत/ गोविन्द द्वादशी

पञ्चाङ्ग :
वि.सं. २०७६ फागुन २३। शुक्रबार। इ.स. २०२० मार्च ६। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। एकादशी, ७:१८ बजेदेखि द्वादशी, २९:५४ उप्रान्त त्रयोदशी। नक्षत्र– पुनर्वशु, ६:३९ बजेदेखि तिष्य, २९:५६ बजेउप्रान्त अश्लेषा। योग– शोभन, २५:३८ बजेउप्रान्त अतिगण्ड। करण– भद्रा, ७:१८ बजेदेखि वव भद्रा भद्राको समयमा प्राय शूभ काममा सावधान रहनु र रुपैया पैसाको सापटी लिने दिने काम भरसक नगर्नु । , १८:३९ बजेपछि वालव, २९:५४ बजेउप्रान्त कौलव। आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– कर्कट। काठमाडौंमा सूर्योदय– ६:२५ बजे, सूर्यास्त– १८:०७ बजे र दिनमान २९ घडी ४ पला। आमलकी एकादशी व्रत। गोविन्द द्वादशी।

राशिफल :

मेष – व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला ।
वृष – स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ होस पुर्याउनु होला ।
मिथुन – परिवार सँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ, संगीत सिक्नमा मन जाला ।
कर्कट – आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ, मिष्ठान्न भोजनको योेग रहेको छ ।
सिंह – मनमा रहेको डर हटेर काममा उत्साह बड्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ ।
कन्या – धेरै श्रमगरे पनि कामको कम मूल्याङ्कन हुनेछ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला ।
तुला – खर्च बढने र स्वास्थय कम्जोर भइ काममा अवरोध आउनेछ । कुराकाटनेहरु बढनेछन सावधान रहनु होला ।
वृश्चिक – दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुनेछ ।
धनु – आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने छ ।
मकर– पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ साथै आर्थिक संकट पनि होला विचार पुर्याउनु भए बेश होला ।
कुम्भ – कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ ।
मीन– कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ, आफन्तुसंग भेटघाट होला ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : १७ बजे