८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (२४ फाल्गुन ०७६,शनिवार)


२४ फाल्गुन २०७६, शनिबार  

0
Shares

राशिफल फाल्गुण २४, २०७६ – 7 March, 2020, शनिवार

त्रयोदशी – शनि प्रदोष व्रत :
व्रत लिनाले ज्ञानशक्ति, विचारशक्ति, बुद्धि, श्रद्धा, मेधा, भक्ति तथा पवित्रताको अभिवृद्धि हुन्छ र अन्तरात्मा शुद्ध हुन्छ। भगवान शंकर अनन्त अनि अविनाशी हुनुहुन्छ । यिनलाई प्रसन्न तुल्याउनका निमित्त विभिन्न धर्म ग्रंथहरूमा कतिपय उपवास र व्रतका बारेमा उल्लेख गरिएको छ। यिनै विधानहरू मध्ये एउटा व्रत हो – प्रदोष व्रत।

पञ्चाङ्ग :
वि.सं. २०७६ फागुन २४। शनिबार। इ.स. २०२० मार्च ७। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। त्रयोदशी, २८:०९ उप्रान्त चतुर्दशी। नक्षत्र– अश्लेषा, २८:५२ बजेउप्रान्त मघा। योग– अतिगण्ड, २३:०६ बजेउप्रान्त सुकर्मा। करण– कौलव, १७:०४ बजेदेखि तैतिल, २८:०९ बजेउप्रान्त गर। आनन्दादिमा मानस योग। चन्द्रराशि– कर्कट, २८:५२ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ६:२४ बजे, सूर्यास्त– १८:०७ बजे र दिनमान २९ घडी ८ पला। शनि–प्रदोष व्रत।

मेष – अधुराकाम बन्ने तथा नयाकाम पाउने योग छ । कुराकाट्ने हरुको मुखबन्ध हुनेछ ।
वृष – भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, मनमा पिडाले डेरा जमाइ शरिरमा रोग लाग्न सक्छ ।
मिथुन – महत्वपूर्ण काम धेरै बन्नेछन, लगनशिलता र इमान्दारिताको प्रसम्सा गर्नेहरु पाइएलान, मनमा शान्ति छाउनेछ ।
कर्कट – आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ, ब्यापार, कृषि, तथा बैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ ।
सिंह – व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिलनेछ, सन्तानबाट पनि सुख पाइनेछ ।
कन्या – स्वास्थ्यमा अचानक गडबडीको संकेत गर्दै छ, त्यसले गर्दा रुपैयापैसाको हानी हुन सक्छ ।
तुला – पढाइमा सफलता पाउने आफन्त हरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ ।
वृश्चिक – आज तपाइको खर्च भन्दा कमाइ नै बढी हुने योग छ, छरछिमेकबाट सरसहयोग प्राप्त होला ।
धनु – नया तथा थालेका कामहरु सहजै वन्न सक्ने दिन छ, काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला ।
मकर – आगो तथा हातहतियार बाट एकदमै सावधान रहनु होला, आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन ।
कुम्भ – जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ, कसैबाट अपमानित पनि भइएला ।
मीन – अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्षउल्लास छाउला, पढाइमा भनि खासै प्रगति हुने छैन ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ६ : ०३ बजे