७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोनाविरुद्ध जनचेतना फैलाउँदै सफाइ अभियानकर्मी


२४ फाल्गुन २०७६, शनिबार  

0
Shares

२४ फाल्गुन, काठमाडौ। कोरोना भाइरसबाट बच्न वाग्मती सफाइ महाअभियानले जनचेतनामूलक सफाइ अभियान शुरु गरेको छ । महाअभियान ३५६औँ हप्तामा प्रवेश गर्दा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि सफाइ महाअभियानले आजदेखि तीनै सुरक्षा निकायलाई सफाइमा सहभागी नहुन अनुरोध गरेको थियो ।

त्यस्तैगरी तिलगङ्गा पहेँलो पुल क्षेत्रमा १५० अभियानकर्मीको उपस्थितिमा भएको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।
यस क्षेत्रका घर–पसलमा गई चेतनामूलक अभियान पनि चलाइएको थियो । सफाइ अभियानले आ–आफ्नो गाउँ–टोलमा सचेतना फैलाई कोरोनाबाट समाज सुरक्षित बनाउन अनुरोध गरेको छ ।

कोरोनाको सङ्क्रमणका कारण सुरक्षा निकाय, विद्यार्थी लगायतलाई सहभागी नहुन आह्वान गरिए पनि बालकुमारीस्थित काठमाडौँ फरेस्ट कलेजका ५० विद्यार्थी सहभागी भएका उहाँले बताउनुभयो । कलेजका विद्यार्थीसँगै १०० जना नियमित अभियानकर्मी सफाइमा सहभागी भएका थिए ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको ३१७औँ हप्तामा गोठाटारस्थित गाईबाच्छा संरक्षणस्थलमुनिको नदी किनारमा पनि जनचेतनामूलक सफाइ गरियो । वाग्मती सुन्दरता सरोकार मञ्चको सक्रियतामा भएको यस क्षेत्रको सफाइमा पनि अभियानकर्मीमात्र सहभागी भएका थिए ।

यस क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीको नेतृत्वमा शुरु गरिएको अभियान कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भएकाले स्थगित गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । त्यस अवसरमा गाईबाच्छा संरक्षणस्थलमा जम्मा भएको प्लाष्टिकलगायत फोहरसमेत व्यवस्थापन गरिएको थियो ।

चक्रपथको पश्चिमी भेग सफाइ अभियानको १३६औँ हप्तामा बाफल क्षेत्रमा जनचेतनामूलक सफाइ अभियान गरियो । मास्क नपाएकै कारण यस क्षेत्रको सफाइमा आउने अभियानकर्मी प्रभावित भएका अभियानकर्मी ताराबहादुर कुँवरले जानकारी दिनुभयो । यसैगरी उपत्यकाका अन्य नदी एवं चक्रपथ सफाइ अभियानमा पनि धेरै मानिसको भीडभाड नगरी अभियानकर्मी जम्मा भएर जनचेतनामूलक कार्यक्रम गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमण रहेसम्म सफाइ अभियानलाई जनचेतना फैलाउन उपयोग गरिने भएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ३ : ३२ बजे