८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जात्राअघि मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्मार्ण हुदै


२६ फाल्गुन २०७६, सोमबार  

0
Shares

बुङ्गमतीमा मच्छिन्द्रनाथ मन्दिर अलपत्र अवस्थामा । तस्विर ः ललितपुर खबर

२६ फागुन ०७६, बुङमती ललितपुर : ०७२ सालको गोरखा भूकम्प को पाँच वर्षपछि मच्छिन्द्रनाथ मन्दिरले पुनःनिर्माणको गति लिने भएको छ । मन्दिर पुनःनिर्माणका लागि तीन वर्ष पहिले जिम्मा लिएको श्रीलङ्का सरकारले विगतका ठेकेदार कम्पनीसँग असमझदारी भएपछि गत डिसेम्बरदेखि हात झिकेको हुँदा पुर्ननिर्माण अन्योलमा परेको थियो ।
सो मन्दिर पुनःनिर्माणका लागि पुर्ननिर्माण प्राधिकरणले सम्पूर्ण आर्थिक जिम्मेवारी लिने भएपछि पुर्ननिर्माणले गति लिन लागेको हो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुरातत्व विभागलाई ललितपुर महानगरपालिकामा पठाउनु भनी दुई महिनाअघि लेखेको रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण विषयक उपभोक्ता समिति गठन गर्ने पत्र यही फागुन १९ गते प्राप्त भएको छ ।
प्राधिकरणले लेखेको पत्र महानगरपालिका आउन ढिलाइ भएसँगै समिति गठन गरी काम अघि बढाउन अन्योल परेको नगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही दिनअघि मात्र हामीले प्राधिकरणबाट लेखिएको समिति गठन गर्ने पत्र हात पारेका छाँै, पत्रमा वडा नं २२ का वडाध्यक्ष बोलाएर वडा समितिमार्फत रातो मच्छिन्द्रनाथ पुनःनिर्माणका लागि समिति गठन गर्नु भनेको छ, गत शनिबार मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणका लागि पुरातत्वविद्सहित यस विषयको अध्ययन तथा अवलोकन गर्न हामी गयौँ ।”
आउँदो शनिबार बुङ्मती गएर मन्दिर पुनःनिर्माण विषयक छलफल गरी काम अघि बढाउने योजना तयार गरिरहेको महर्जनले बताउनुभयो । सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम मन्दिर पुनःनिर्माणका लागि ठेक्कापट्टा गर्दा चाहेको गुणस्तर पाउन सकिँदैन । मन्दिरको उचित गुणस्तर कायम राख्न पाटन दरबार सङ्ग्रहालय निर्माण गर्ने समूहको प्रमुख, प्राधिकरण तथा पुरातत्वक विभागका प्रतिनिधिलगायत ३२ पानेजु सङ्घ र स्थानीयवासी राखेर छलफल गर्ने निर्णयमा महानगरपालिका पुगिसकेको महर्जनले जानकारी दिनुभयो ।
मन्दिर पुनःनिर्माणमा पार्टीगत हिसाबले नभई समाजमा वास्तविक योगदान गर्न चाहने व्यक्तिलाई छनोट गरी समिति गठन गरिने वडाध्यक्ष अम्बिरराज शाक्यले बताउनुभयो । “मन्दिर पुनःनिर्माणमा कमाइखाने भाँडो बनाउने गरी काम गर्ने जिम्मा कसैलाई पनि दिइने छैन”, उहाँले भन्नुभयो । बङ्मतीको मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणमा अब ठेक्कापट्टा हुने छैन ।
रातो मच्छिन्द्रनाथ पुनःनिर्माणमा परेको सहयोग गर्ने विभागका प्रमुख इञ्जिीनियर सम्पत घिमिरेले बताउनुभयो । “हामीले मन्दिर पुनःनिर्माणका लागि रु तीन करोड लाग्ने अनुमान गरिसकेका छाँै”, घिमिरेले भन्नुभयो । काम अघि बढाइएको एकदेखि डेढ वर्ष्भित्र पूरै समाप्त गर्ने योजनामा विभाग रहेको उहाँले जानकारी दिनुभयो । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रालाई उपत्यकाको लामो जात्राका रूपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १२ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।