२७ फाल्गुन ०७६, काठमाडौं । काठमाडौं स् सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा छापावाला सुनको भाउ मंगलबार २०० रुपैयाँले बढेर ८२ हजार ७०० रुपैयाँ पुगेको छ । यो भाउ अहिलेसम्मकै उच्च हो । अघिल्लो कार्य दिन ९आइतबार० छापावाला सुनको भाउ प्रतितोला ८२ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजावी सुनको भाउ पनि २०० रुपैयाँले नै बढेर ८२ हजार ४०० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घटेर मंगलबार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुन–चाँदी व्यवसायी महासंघले बताएको छ । कोरोना भाइरस आतंकका कारण लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन् । यस भाइरसका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहँदा सुरक्षित क्षेत्र खोज्दै लगानीकर्ता सुन बजारमा आकर्षित हुन थालेको व्यवसायीको दाबी छ ।
विश्व बजारमा भाउ चुलिएपछि नेपाली बजारमा स्वतः वृद्धि हुने गर्छ । किन भने हाम्रो सुन बजार पूरै आयातमा निर्भर छ । सुनमा अन्तर्राष्ट्रिय बजारमा तोकिने मूल्यलाई नै आधार मानेर स्थानीय बजारमा व्यवसायीले नाफासमेत जोडी बिक्री गर्छन् ।
प्रतिक्रिया