१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पुर्वसभामुख महराले मुख खोले,‘फसाउन खोजियो’


२८ फाल्गुन २०७६, बुधबार  

0
Shares


२८ फागुन ०७६, दाङ्ग । पूर्वसभामुख कृष्णबहादुर महराले राष्ट्रिय स्वाधीनताका विषयलाई लिएर आफूलाई फसाउन खोजिएको बताउनुभएको छ । गृह जिल्ला दाङ पुगेर फर्कंने क्रममा कपिलवस्तुको शिवराज नगरपालिका– ९ रमुवादहमा कार्यकर्तासगँको भेटमा महराले अदालतले आफूलाई दिएको सफाई नागरिकप्रतिको सम्मान भएको बताउनुभयो ।
“मलाई राष्ट्रिय स्वाधीनताका विषयलाई लिएर नियतबस फसाउन खोजिएको हो”, उहाँले भन्नुभयो, “म माथि झुठो आरोप लगाइयो ।” महरालाई नेकपा प्रदेश सदस्य बालकराम बुढामगर, नेकपा नेता शिवराज नगर कमिटीलगागत पार्टी कार्यकर्ताले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।