२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अचम्म ! बसभित्रै रक्तदान


२ चैत्र २०७६, आइतबार  

0
Shares

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले सञ्चालनमा ल्याएको रक्त सङकलन एम्बुलेन्स(घुम्ती बस) । रोटरी क्लब अफ अन्नपूर्ण पोखरा र कोरियन रोटरी क्लब रोटरी क्लब अफ याङजुको संयुक्त लगानीमा रु एक करोडको लगानीमा सो एम्बुलेन्स बस सञ्चालनमा ल्याइएको हो । तस्वीर ः कृष्ण दवाडी/रासस

२ चैत्र ०७६, कास्की । अब बसभित्र पनि रक्तदान गर्न सकिने भएको छ । रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले नेपालमा पहिलो पटक पोखरामा भित्र्याएपछि सो सुविधा पुगेको हो ।
रोटरी क्लब अफ अन्नपूर्ण पोखरा र कोरियन रोटरी क्लब रोटरी क्लब अफ याङ्जुको संयुक्त लगानीमा रु एक करोडको लगानीमा शाखाले सो बस सञ्चालनमा ल्याएको शाखाका सभापति डोलराज पाण्डेले जानकारी दिनुभयो । शनिबारदेखि नै सो बसभित्र रगत सङ्कलन शुरु भएको जनाइएको छ । एम्बुलेन्सभित्र रक्तदान गर्न आवश्यक सबै उपकरण जडान गरिएको छ । समग्र गण्डकी प्रदेशलाई सो सेवाबाट फाइदा पुग्ने विश्वास लिइएको छ ।

भारतमा निर्मित ‘आइसर’ कम्पनीको उक्त बस वातानुकूलित (एसी) रहेको जनाइएको छ । दान श्यया, फ्रिज, प्राथमिक उपचार सामग्रीसहितको बक्स, स्टाफ नर्स र अक्सिजनको व्यवस्थाका साथै रक्त सञ्चारसम्बन्धी सूचनामूलक सामग्री बसभित्र राखिएका छन् । बस सञ्चालनमा आएपछि पानी परेको बेला या प्रतिकूल मौसममा समेत रक्तदान कार्यक्रमलाई निरन्तरता दिन सकिने बताइन्छ ।
सो सेवा पोखरालाई मुख्य आधार बनाएर तनहुँको आँबुखैरेनी, लमजुङको बेँसीशहर, स्याङ्जाको गल्याङ, पर्वत, बागलुङ, गोरख र म्याग्दीसम्म एम्बुलेन्स पुगी रगत सङ्कलन गर्ने योजनासहित सञ्चालनमा ल्याएको शाखाका मन्त्री धर्मराज अधिकारीले जानकारी दिनुभयो । प्रदेशका ११ वटै जिल्लाबाट प्रदेश राजधानी पोखरामा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीको बढी चाप हुने भएकाले रगतसमेत माग बढेकाले घुम्ती बस उपयोगी हुने अपेक्षा गरिएको छ ।
––
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ९ : ५७ बजे