महेश सिंह
३ चैत ०७६,सिरहा । सिरहाको अर्नमा गाउँपालिकामा १ स्थित एक घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ । स्थानीय मोहमद वारिद अन्सारीको ५ वर्षिय छोरा मो. रेहान अन्सारीको मृत्यु भएको छ प्रहरीले जानकारी दिएको । अन्सारी घरको छतमा खेल्दै गरेको अवस्थामा अचानक छतबाट खसेका थिए । वालकको टाउको फुटेको बताइएकोे छ । उनलाई उपचारको लागि लहान अस्पताल ल्याउदै गर्दा बाटो मै मृत्यु भएको थियो
। शवलाई पोस्टम्याटमको लागि लहान अस्पतालको सब गृहमा राखिएको छ भने पोस्टम्याटमपछि परिवाजनलाई जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद कुमार थापा क्षेत्रीले बताउनुभयो ।
३ चैत्र २०७६, सोमबार
0
Shares
प्रतिक्रिया