८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


ललितपुरमा कोरोना सचेतना फैलाउदै नायक घिमिरे


१० चैत्र २०७६, सोमबार  

0
Shares

अभियान सञ्चालनको क्रममा स्यानिटाइजर बाढ्दै नायक घिमिरे ।

९ चैत ०७६, ललितपुर । नेपाली चलचित्र चपली हाइटका नायक राज घिमिरे ललितपुरको गोदावरी नगरमा कोरोना भाइरसविरुद्ध सचेतना अभियानमा लाग्नु भएको ।
आफ्नो नीजि कारमा माइक राखेर गोदावरीका २,३,४,१०,११,१३ र १४ मा माइकिङ्ग गरिएको घिमिरेले ललितपुर खबरलाई बताउनु भयो । उहाँले भन्नुभयो, हामीले कारोना रोगबाट बच्ने उपाय माइकिङ्ग गरेर बताउनुसँगै निः शुल्क रुपमा मास्क र स्यानिटाइजर समेत वितरण ग¥यौ ।

जनचेतनाका लागि आफूले व्यक्तिगत खर्च गरिरहेको घिमिरेले बताउनुभयो । उहाँका अनुसार तत्काल ५० हजारभन्दा माथि खर्च लाग्नेछ भने यो अभियान निरन्तर गर्ने सोच राखेकाले कति लाग्छ भन्न नसकिने उहाँले बताउनु भयो ।
आइतबारबाट शुरु गरिएको अभियानमा क्रममा ठाँउ ठाँउमा फ्लेक्स समेत टाँगिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १० : १९ बजे