३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


गण्डकी लोकताराको उपाधि विकलाई



गण्डकी
‘प्रथम गण्डकी लोकतारा’को उपाधि बागलुङका प्रेम विकले हात पारेका छन् ।

शनिबार पोखरामा भएको फाइनल प्रतियोगितामा बाँकी १७ जना प्रतिस्पर्धीलाई उछिन्दै उनी ‘प्रथम गण्डकी लोकतारा’ बन्न सफल भएका हहुन् । विकले उपाधिसँगै नगद पुरस्कार रु ५१ हजार १११ प्राप्त गरेका छन् । प्रतियोगितामा स्याङ्जाकी शिला गुरुङले दोस्रो स्थान हासिल गर्दै रु ३१ हजार १११, तृतीय स्थान प्राप्त गर्ने म्याग्दीका विजय परियारले रु २१ हजार १११ प्राप्त गर्नुभयो । सान्त्वना स्थान हासिल गर्ने दिलीप मानन्धरले रु ११ हजार १११ प्राप्त गरे ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिद्वारा आयोजित लोकगायन प्रतियोगितामा उत्कृष्ट आवाजतर्फको उपाधि गोरखाका पवनसिंह परियारलाई प्रदान गरिउको छ । प्रथम, द्वितीय र तृतीय हुने कलाकारलाई निःशुल्क गीत रेकर्डिङको समेत अवसर दिइने प्रतिष्ठानको गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष राजन कार्कीले जानकारी दिएका छन् ।

प्रतिभा पहिचानसँगै लोकसङ्गीत जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जिल्लास्तरीय ‘अडिसन’बाट छानिएका १८ प्रतिस्पर्धीले भाग लिएका थिए ।

मुस्ताङ र मनाङबाहेक गण्डकी प्रदेशका नौ जिल्लामा ‘अडिसन’ सञ्चालन गरिएको थियो । प्रतियोगिताको निर्णायकमा गायक दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपानेलगायत रहेका थिए ।
विश्व सङ्गीत दिवसको अवसर पारेर प्रतिष्ठानको प्रदेश कार्यसमितिले पहिलोपटक प्रदेशस्तरीय बृहत् लोकगायन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले गरेका थिए ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ८ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।