दमक
झापाको दमकमा नियमित नाटक मञ्चन गरिरहेको कदम थिएटरले यसपटक नाटक ‘आयोजना नम्बर १६०’ प्रदर्शन गरिरहेको छ ।
असार ५ गतेदेखि कदम थिएटरको पाइवाइला हिममा नाटक मञ्चन गरिरहेको हो । नाटक १५ असारसम्म मञ्चन हुने कदम थिएटरका कला निर्देशक सिजन दाहालले जानकारी दिएका छन् ।
नाटक साँझ ५ः१५ देखि नियमति मञ्चन हुँदै आएको छ । भारतीय नाटककार अजय शुक्लाको हिन्दी नाटक‘ताजमहलका टेन्डर’लाई नवीन भण्डारीले नेपालीमा रूपान्तरण गरेर यो नाटक कदममा मञ्चन गरिएको उनले बताए ।
नाटकमा सरकारी सुशासनलाई प्रश्न गरिएको छ । सरकारले कसरी हचुवाको भरमा आयोजना ल्याउँछ र कसरी अलपत्र पार्छ भन्ने देखाइएको दाहालले बताए । नाटक पूर्णतः कमेडी रहेको छ ।
कदम थिएटरमा मञ्चन भइरहेको नाटक ‘आयोजनानम्बर १६०’ मा बुङ छेङ, नवीन भण्डारी, नवीन उर्जा, रश्मी उप्रेती, पारुमा राई, पुकारजंगक्षेत्री, रोशन मुर्मु, सुदीप क्षेत्री, सञ्जय मुडियारी र पुजन खरेलले अभियनय गरेका छन् । यो नाटक यिनै १० कलाकारले निर्देशन गरेकाहुन् । लाइटमा आयुष भण्डारी छन् ।
प्रतिक्रिया