५ चैत्र २०८१, बुधबार | Wed Mar 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर बज्रवाराहीमा गरिएको आडिटी परिक्षणपछि ३ जनामा भेटियो कोरोना


६ जेष्ठ २०७७, मंगलबार  

0
Shares

एक कर्मचारीको आरडिटी परिक्षण गर्ने क्रममा रगतको नमूना लिदै स्वास्थ्यकर्मी । तस्विर ः ललितपुरर खबर

ललितपुर खबर संवाददाता
६ जेठ ०७७, बज्रवाराही । सोमबार गोदावरी नगरपालिकाले स्थानीय सुरक्षाकर्मी, स्वाथ्यकर्मी,सञ्चारकर्मी,जनप्रतिनिधिलगायत अत्यावश्यक सेवामा खटिनेहरुका लागि कोरोना परिक्षणको क्रममा ३ जनामा कारोना भेटिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयकी मलेरिया इन्स्पेश्टर निरिक्षक अफिसर इन्दिरा भण्डारीका अनुसार आरडिटी रगतको नमूना संकलन गरेर केही मिनेटमै नतिजा निकाल्ने प्रविधीबाट कोरोना भाइरस देखिएको भए पनि पिसिआर घाँटीका खकारको नमूना राष्ट्रिय प्रयोगशालामा परिक्षण गरेपछि मात्रै कोरोना भए नभएको एकिन हुने जानकारी दिनुभयो ।
ललितपुर जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जिल्लाका कोरोना संक्रमणका आशंकामा रहेका अत्यावश्यक पेशा व्यावसायमा कार्यरत स्थानीयबासीहरुको स्वास्थ्य जाँचका लागि उपलव्ध गराएको सिमित स्वास्थ्य किटबाट यो स्वाथ्य परिक्षण भएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयले नगरपालिकालाई उपलव्ध गराएको ५ सय आरडिटी र पिसिआर किटको सहायताले बाँडेगाँउ र बज्रवाराहीमा यो परिक्षण गरिएको हो ।
गोदावरी नगरका स्वास्थ्य शाखा उपसंयोजक केशव थापाले आरडिटी १ सय ५० र पिसिआर ६५ वटा किटबाट परिक्षण गरिउको जानकारी दिनुभयो ।
आरडिटी प्रविधिबाट कोरोना परिक्षण गर्दा पोजेटिभ(कोरोना लागेको अवस्था) आए पनि पिसिआर प्रविधिबाट प्रयोगशालामा जचाउदा नेगेटिभ आउने घटना ज्यादा भएको भन्दै स्वास्थ्यकर्मीहरु नजचाई फर्केका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयले महानगरपालिकालाई १ हजार ५०, नगरपालिकाहरुलाई ५ सय र गाँउपालिकाहरुलाई २ सयको संख्यामा पिसिआर र आरडिटी किट उपलव्ध गराएको थियो । यही किटको साहरामा नगरपालिकाले आइतबार बाडेगाँउमा परिक्षण गरेको थियो भने सोमबार बज्रवाराहीमा परिक्षण गरिएको हो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।