८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ जेठ ९, शुक्रबार)


९ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

आज २०७७ जेठ ९ गते शुक्रबार तदनुसार मे महिनाको २२ तारिख । सोभन चतुश्पथ कृत्तिका , युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्तीर शनि जयन्ती व्रत र अन्तर्रा्ष्ट्रिय जैविक विविधता दिवस । नेपाल सम्बत् ११४० । ज्योतिष विद्यान अनुसन्धान केन्द्रका ज्योतिष पण्डित तुलसी भारद्धाजद्वारा लिखित राशीफल यस प्रकार छ ।
मेष– शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । स्वास्थ्य अनुकुल नरहनाले पढाइलेखाइमा पनि समय दिन नसकिएला । सवारी चलाउदा सावधानी अपनाउनुहोला । भीडमा धनमाल हराउन सक्छ ।
वृष– विद्या, बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ, अन्न प्राप्तीको पनि योग छ । केही खर्च भए पनि दानपुण्य र भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने दिन छ ।
मिथुन– अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । आर्थिक पक्ष सबल बन्नेछ । ीदन सामान्य बित्ला । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ, नचिताएको काममा पैसा भने खर्च हुने योग छ सावधान रहनुहोला ।
कर्कट– जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आज पढाइलेखाइमा राम्रो हुनेछ, सोचेका काम सजिलैसंग पुरा गर्न सकिनेछ साथै टाढाको यात्रा समेत हुन सक्छ ।
सिंह– लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन भने समस्याको हल हुने छ, गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ ।
कन्या– कुनै लाभदायक समाचार सुन्न पाइएला । साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । खर्च धेरै नै बढ्ने छ । सोचे अनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । स्वास्थ्यमा ठुलै समस्या आउला साथै उपचारका लागी धेरैनै खर्च हुनेछ ।
तुला– सवारी साधनबाट सुख मिल्नेछ । लामो समयदेखि रोकिएका काम बन्दै जानेछन् । ध्नको प्राप्ती होला । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ। साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला ।
वृश्चिक– मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ । आज तपाइले नसोचेको ठाउबाट धन आर्जन गर्न सक्नु हुनेछ । साथीभाइले हरक्षण साथ दिने छन भने मातापिताको आर्शिवाद प्राप्त होला ।
धनु– सवारी साधन हाँक्दा सचेतता अपनाउनु होला, घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । कहीं कसैसंग झै झगडा हुन सक्छन ।
मकर– बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ, यात्राको समय छ, धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला ।
कुम्भ– नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ, स्वास्थ्यमा समस्या हुनसक्छ । नसोचेका समस्या देखिन सक्छन्् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । दिन सामान्य नै रहेको छ ।
मीन– सुखद समाचार सुन्न पाइनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ भने अन्य विविध लाभ पनि होला । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ५ : १९ बजे