२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोरोना माहामारीबीच भारतमा सर्वसाधारणका लागि रेलको टिकट खुल्ला


१० जेष्ठ २०७७, शनिबार  

0
Shares


१० जेठ ०७७, नयाँदिल्ली रासस÷एएनआई । भारतमा देशभरी सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला गरिएको छ ।
देशभरका विभिन्न रेल स्टेशनहरुमा २३० रेलको टिकट काट्न पाइने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।
रेल मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार रेलस्टेसनहरुसँगै अनलाइनबाट पनि टिकट बुकिङ्ग गर्न सकिने व्यवस्था गरिएको छ ।
बिहीबारदेखि अहिलेसम्म १३ लाखभन्दा बढी व्यक्तिले टिकट बुकिङ्ग गरिसकेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
टिकट बुकिङ्ग मात्रै नभएर यसअघि बुकिङ्ग गरेकाहरुको टिकट क्यान्सिल गर्ने व्यवस्था पनि गरिएको उनीहरुको भनाइ छ ।
यात्री टिकट सुविधा केन्द्र मार्फत् टिकट किनबेच भइरहेको छ । लामो समयपछि किनबेच खुल्ला गरिएकाले किनबेच गर्नेहरुको चाप अत्यधिक रहेको किनबेचमा सम्लग्न कर्मचारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ६ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।