३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा एकै दिन सवा लाखको कोरोना परिक्षण


११ जेष्ठ २०७७, आइतबार  

0
Shares

१० जेठ०७७,नयाँ दिल्ली (रासस÷एएनआई) ः भारतमा पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै सवा लाख मानिसको कोरोना परिक्षण गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा कुल एक लाख १५ हजार ३६४ जनाको परिक्षण गरिएको छ ।
भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म देशभरी कुल २८ लाख ३४ हजार ७९८ जनाको परिक्षण गरिएको जनाएको छ ।परिषद्का अनुसार शनिबार नै सवैभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।

परिषद्का अधिकारीहरुले एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै छ हजार ६५४ जनामा शनिबार कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि गरिएको जनाएका छन् । यो पछिल्लो तथ्यांकसँगै भारतमा मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको कुल संख्या एक लाख २५ हजार १०१ पुगेको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै कोरोनाभाइरसका कारण १३७ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।मन्त्रालयले योसँगै भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या तीन हजार ७२० पुगेको पनि जानकारी दिएको छ ।

भारतमा अहिलेपनि कुल ६९ हजार ५९७ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ५१ हजार ७८४ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ७ : २८ बजे