८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ जेठ १४ गते, मंगलबार)


१४ जेष्ठ २०७७, बुधबार  

0
Shares

आज २०७७ जेठ १४ गते बुधबार तदनुसार मे महिनाको २७ तारिख । पञ्चमी, ज्येष्ठ शुक्लपक्ष । ज्योतिष विद्यान अनुसन्धान केन्द्रका ज्योतिष पण्डित तुलसी भारद्धाजद्वारा लिखित राशीफल यस प्रकार छ ।
मेष– सोचेको काम बन्नाले मन हर्षित हुन्छ, मान्यजनको आगमन पनि हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ ।
वृष– नोकरि तथा राजनितीमा गरेका प्रयास हरु फलदाइ रहनेछन, सामान्यतया दिन ठिकै छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ ।
मिथुन– स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सावधान रहनु होला । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ भौतिक साधनको क्षति हुने दिन छ ।
कर्कट– काममा सहयोगीे साथीभाइ हरुले राम्रो साथ दिनेछन्, खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरु बन्ने दिन छ ।
सिंह– तपाइका प्रशंम्सा गर्नेहरु बढ्नेछन्, ब्यापार ब्यावसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ साथै धनलाभ पनि हुनेछ ।
कन्या– टाढाको यात्राबाट धनप्राप्त हुने दिन छ, आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आए पनि विचारेर मात्र नया काम सुरु गनु होला कतै टाढाको यात्राको संभावना छ ।
तुला– भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ, शरिरमा सामान्य रोगले पनि सताउन सक्छ । स्वास्थ्यगत कमजोरीले सताउला मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ ।
वृश्चिक– तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला चिताएको काम पुरा नहुन सक्छ ।
धनु– आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ नसोचेको ठाउबाट आम्दानी हुने दिन छ ।
मकर– काममा जोश जांगर आउनाले मन प्रफुल्ल होला, सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला, आर्थिक लाभ हुने दिन छ ।
कुम्भ– वादविवादमा पर्न सकिन्छ एकदमै सावधान रहनु होला, अनायसै रुपैयापैसाको पनि क्षती हुने दिन छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला साथै मनमा पिडाले पनि सताउने छ । ।
मीन– काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मानसम्मान पनि पाइएला ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ५ : २६ बजे