८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल(२०७७ जेठ १९,सोमबार)


१९ जेष्ठ २०७७, सोमबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ जेठ १९ गते सोमबार तदनुसार मे महिनाको ३१ तारिख । दशमी, ज्येष्ठ शुक्लपक्ष । विश्व धुम्रपानरहित दिवस । ज्योतिष विद्यान अनुसन्धान केन्द्रका ज्योतिष पण्डित तुलसी भारद्धाजद्वारा लिखित राशीफल यस प्रकार छ ।
राशीफल
मेष– शरिरीक तथा मानसिक आलस्यता बढ्नेछ झै भगडा हुने दिन छ । अनावस्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला ।
वृष– हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन । घर परिवारमा खटपट हुनुका साथै व्यवारिक समस्याले सताउने छ ।
मिथुन– दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोको साथ बित्ने छ ।
कर्कट– पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ ।
सिंह– सन्तानबाट खोजे जस्तो सहयोग नपाउदा केहि पीडा होला । स्वास्थ्यमा समस्या आउला साथै उपचारका लागी खर्च हुनेछ ।
कन्या– काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । जाँगरमा सुधार आउने छ साथै आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन ।
तुला– कामममा जोश जाङर आउनुका साथै आर्थिक एवम समाजिक लाभ मिल्ने छ । उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ ।
वृश्चिक– अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्ने छन् । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ ।
धनु– कामकै पछी लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन । सोचे आनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ ।
मकर– सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुूगा र मीठ खाजाको आनन्द पनि मिल्नेछ । आज त्यसै त्यसै समय अलमल गराउने खाल्को छ, काममा पनि मन नजान सक्छ ।
कुम्भ– आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ, ब्यापारमा सोचे अनुरुपको फाइदा होला ।
मीन– पैतृक सम्पतीबाट लाभ हुनुका सथै धर्मिक कार्यमा सम्लग्न हुने समय छ । बाहान चौपाय आदी प्राप्त होला साथै नयाँ सामानको खरिद गर्ने योग देखिन्छ

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ८ : ५७ बजे