३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कंगोमा इबोला रोगको प्रकोप


२२ जेष्ठ २०७७, बिहिबार  

0
Shares


२१ जेठ (रासस–एएनआई) ः अफ्रिकी मुलुक कंगोमा इबोला भाइरसको नयाँ संक्रमण देखिएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको बताइएको छ । कंगोको सरकारले यहाँ इबोलाको संक्रमण भेटिएको जनाएपछि यहाँका नागरिकलाई खानपिनमा ध्यान दिन तथा यसको संक्रमणको संका लागेमा तुरुन्त अस्पताल जान सरकारले सूचना जारी गरेको हो ।
कंगोको इक्वाटर प्रान्तको वांगातामा यो प्रकोप देखिएको कंगोको सरकारले मंगलबार जानकारी दिएको समाचारमा जनाइएको थियो । वंगातामा मंगलबारसम्म यो इबोलाका कम्तीमा छ जनामा संक्रमण भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ती छजना मध्ये चार जनाको निधन नै भएको र अरु दुई जना उपचाररत रहेको पनि सो मन्त्रालयले जनाएको छ । यो भाइरसको प्रकोप पुनः देखिएको कुरा विश्व स्वास्थ्य संगठनले पनि पुष्टि गरेको छ । विश्व स्वास्थ्य संगठनले ती संक्रमितहरुको भाइरसबारे ल्याबमा परीक्षण गरिएको र उनीहरुमा उही पुरानै इबोला भेटिएको पाइएको बताएको छ ।

इबोला पनि सरुवा र प्राणघातक रोग भएकोले अस्पताल र स्वास्थ्यकर्मीहरुले पनि सतर्कता अपनाएर उपचार गर्न विश्व स्वास्थ्य संगठनले सुझाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ९ : २८ बजे