३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिकाको आन्दोलनपछि ५५ अर्व डलर क्षति


२३ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

अमेरिकाको लस एन्जलसमा जर्ज फ्लोडको निधनको विरोधमा भको प्रदर्शनमा भाग लिदै अमेरिकीहरु । तस्विर ः एपि÷रासस

२३ जेठ ०७७, वासिङ्टन । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ ।
मिनियापोलिसका अधिकारीहरुले दिएको जानकारी अनुसार आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र तोडफोडका कारण यति ठूलो रकम बराबरको क्षति भएको हो ।

उनीहरुले अहिलेसम्मको प्रारम्भिक विवरण अनुसार २२० घरमा क्षति भएको छ भने क्षति भएका भवनहरुको सङ्ख्या त्योभन्दा बढी हुनसक्ने अनुमान गरेका छन् ।

प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु भएपछि उनको हत्या भएकोभन्दै देशभरी प्रदर्शन भइरहेको छ ।

मिनियापोलिसका मेयर जाकोब फ्रेयीले क्षति भएकाहरुलाई पुनर्निर्माण गर्न क्षतिपुर्तिका लागि राज्य तथा संघीय सरकारसँग आग्रह गरिने जानकारी दिनुभयो ।

अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले देशभरी प्रदर्शन गर्दै आइरहेका छन् ।

आन्दोलन हिंसात्मक हुदै गएपछि सरकारले देशका ४० भन्दा बढी सहरमा समय तोकेर निषेधाज्ञा आदेश पनि जारी गर्नु परेको थियो । कतिपय ठाउँमा निषेधाज्ञा पनि तोडेर प्रदर्शनकारीहरुले आन्दोलनलाई चर्काउँदै लगेका थिए ।

प्रदर्शनकारी र प्रहरीका बीचमा धेरै ठाउँमा झडप भएका थिए भने आन्दोलनका क्रममा कम्तीमा १२ जनाको मृत्यु पनि भएको छ । यो बीचमा हजारौँ पक्राउ परेका छन् भने सयौँ घाइते भएका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ५ : ५९ बजे