८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ जेठ २६ गते सोमबार)


२६ जेष्ठ २०७७, सोमबार  

0
Shares

पञ्चाङ्ग
आज २०७७ जेठ २६ गते सोमबार । तद्नुसार जुन महिनाको ८ तारिक । तृतीया, आषाढ कृष्णपक्ष । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. पं. तुलसी भारद्वाज ले लेख्नु भएको आजको राशीफल यस प्रकार छ ।

राशीफल
मेष– गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ । अरुको काम धेरै गर्नु पर्ला, समयको बचत कम हुने दिन छ । नोकरि तथा राजनितीमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ, ।
वृष– दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ, पैसो लेनदेनकाृे काम पनि होला सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् ।
मिथुन– परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान तर आफन्तको सहयोग चाहि नपाइएला ।
कर्कट– लेनदेनको समस्याले सताउनेछ, शत्रु पनि बढने छन, ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला ।
सिंह– पढाइमा सुधार आउने योग छ । कुराकाटनेहरु प्रसम्सक बन्ने छन, जागीरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ । काममा समस्याको सामाना गर्नु पर्ला गलत लेनदेनमा समस्या आउन सक्ने छ, जागीरमा सम्मान पाइनेछ ।
कन्या– लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । मनमा हौसला बढनेछ पराक्रम बढनुको साथै अधुराकाम बन्ने छ, त्यसै त्यसै मन हर्षित भएर आउनेछ ।
तुला– प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ, आयआर्जनको स्रोत फेला पर्ला । सामान्यतया लाभ हुने नै दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिंदैन ।
वृश्चिक– समय राम्रो भएपनि आज खर्च बढने विबाद बढने तथा शत्रुले सताउने योग छ सावधान रहनु होला । खर्च बढने, गलत विचार बढन,े विबाद बढन,े र काममा अवरोध आउनाले धनको नाश हुन सक्छ ।
धनु– शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ, प्रेमसम्बन्ध बलियो रहनेछ । अधुरा काम हरु बन्ने अरुको विस्वास आफुतिर रहने आफन्त हरुको उचित सहयोग मिलने छ ।
मकर– व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ ।
कुम्भ– प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला, दिन सामान्य नै छ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ ।
मीन– आज आर्थिक संकट पनि आउनेछ लेनदेनमा विबाद पनि बढनेछ, घरायसी समस्या पनि आउला । पढाइलेखाइमा ध्यान दिन नसकिएला, साथै रुपैया पैसाको पनि नाश हुने दिन छ विचार गर्नुहोला ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ६ : ३८ बजे