१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


उत्तर कोरियाले दक्षिणसँग सञ्चार सम्पर्क बन्द गरेको घोषणा


२८ जेष्ठ २०७७, बुधबार  

0
Shares

एक दक्षिण कोरियाली सरकारी अधिकारीले दक्षिण कोरियाको पाजुको पन्मुनजोमको सीमावर्ती गाउँमा समर्पित संचार हटलाइनमा फोन कलको क्रममा उत्तर कोरियाली अधिकारीसँग कुराकानी गर्दै । उत्तर कोरियाले मंगलबार, ९ जून, २०२०बाट यसले दक्षिण कोरियाको सबै सञ्चार च्यानलहरू काटेको छ । किनकि दक्षिणमा आफ्नो दबाब बढाउँदा यसले सीमानाको पारिपट्टि(प्योंगयांग पत्रकरहरूलाई फ्लोटिंग गर्ने कार्यकर्ताहरूलाई रोक्न असफल भयो। त्स्विर ः दक्षिण कोरिया एकीकरण मन्त्रालय \योन्हाप

२७ जेठ ०७७ सियोल, (रासस–एपी) – उत्तर कोरियाले मंगलबार मध्यान्हदेखि लागू हुने गरी दक्षिण कोरियासँगको सम्पूर्ण संचार सम्पर्क बिच्छेद गर्ने जनाएको छ । दुबै देशको सीमा क्षेत्रमा उत्तर कोरिया विरोधी पर्चा फालेको तर दक्षिण कोरियाले यसलाई रोक्नेतर्फ पर्याप्त ध्यान नदिएको उत्तर कोरियाले आरोप लगाएको छ । दक्षिण कोरिया सरकारले कोरियाली प्रायःद्वीपमा शान्ति कायम गर्न थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आणविक निःशस्त्रीकरणको विषयलाई लिएर उत्तर कोरिया र अमेरिकाबीच जारी गतिरोधले पनि दुबै कोरियाबीचको सम्बन्धमा सुधार आउन सकेको छैन । केही विज्ञहरुले उत्तर कोरियाले आन्तरिक एकता बलियो बनाउन पनि जानीबुझी यस्तो निर्णय गरेको बताएका छन् । उत्तर कोरियाली सेन्ट्रल न्यूज एजेन्सीले सम्पर्क संजालले खासै फाइदा नभएकाले सबै दुई देशीय सम्पर्क संजाल बन्द गर्नु परेको जनाएको छ । उत्तर कोरियाबाट भागेका र दक्षिण कोरियाली रुढीबादी प्रदर्शनकारीहरुले उत्तर कोरियातर्फ सीमा क्षेत्रबाट ठुल्ठूला बेलुन उडाएका थिए । यी बेलुनमा उत्तर कोरियाली नेता किम जोङ उनको आणविक महत्वाकाँक्षा र मानव अधिकार उल्लंघन गरेको भन्दै आलोचना गरिएका पर्चा पनि राखिएका थिए । सीमा क्षेत्रबाट भएका अवाञ्छित गतिविधिले उत्तर कोरियाली नेताको नेतृत्वलाई अपमान गरेको उत्तरको बुझाई छ । पटक पटक बेलुन उडाइए पछि उत्तर कोरियाले दक्षिणसँग गरिएका अरु सम्झौताहरु पनि रद्द गर्ने चेतावनी दिइआएको छ । ––

एक दक्षिण कोरियाली सरकारी अधिकारीले दक्षिण कोरियाको पाजुको पन्मुनजोमको सीमावर्ती गाउँमा समर्पित संचार हटलाइनमा फोन कलको क्रममा उत्तर कोरियाली अधिकारीसँग कुराकानी गर्दै । उत्तर कोरियाले मंगलबार, ९ जून, २०२०बाट यसले दक्षिण कोरियाको सबै सञ्चार च्यानलहरू काटेको छ । किनकि दक्षिणमा आफ्नो दबाब बढाउँदा यसले सीमानाको पारिपट्टि(प्योंगयांग पत्रकरहरूलाई फ्लोटिंग गर्ने कार्यकर्ताहरूलाई रोक्न असफल भयो। त्स्विर ः दक्षिण कोरिया एकीकरण मन्त्रालय ÷योन्हाप

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ६ : ५६ बजे