२९ पुस २०८२, मंगलबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


असार ७ गते सूर्यग्रहण


१ असार २०७७, सोमबार  

0
Shares


१ असार ०७७,काठमाडौं । यही असार ७ गते नेपालबाट सूर्यग्रहण देखिदै छ ।
नेपालमा विहान १० बजेर ५५ मिनेटमा सूर्य ग्रहण दिउँसो दुई बजेर २४ मिनेटमा सकिनेछ । मध्याह्न १२ बजेर ४१ मिनेटमा नेपालबाट धेरै भूभाग ढाकिएको अवस्थामा सूर्य ग्रहण देख्न सकिन्छ ।
ज्योतिष विज्ञानका अनुसार यो सूर्य ग्रहण सूर्यग्रहण मेष, सिंह, कन्या र मकर राशी भएकाहरुले मात्रै हेर्न मिल्छ । बैज्ञानिकहरका अनुसार यो सूर्य ग्रहण नाङ्गो आँखाले हेर्न मिल्दैन । रेक्सरे, कालो शिशा भएको चश्माको सहायताले मात्रै यो ग्रहण हेर्न वैज्ञानिकहरुको सुझाव छ ।
यो खग्रास सूर्यग्रहण भए पनि नेपालबाट पुरै अध्यारो हुने गरेर ग्रहण लाग्दैन । नेपालको पश्चिमी जिल्लाहरुबाट ज्यादा सूर्य ढाकिएको देख्न सकिन्छ भने पुर्वबाट सूर्यलाई थोरै ढाकिएको देख्न सकिने वाल्मिकी क्याम्पसका सहप्राध्याक तथा वरिष्ट खगोलविद जयन्त आचार्यले जानकारी दिए । यो सूर्य ग्रहण काठमाडौंबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिनेछ ।
खगोल विज्ञानमा चन्द्रग्रहण र सूर्यग्रहण वारम्बार घट्ने घटना भएपछि खगोलविद्हरुका लागि सूर्य ग्रहण महत्वपूर्ण घटनाका रुपमा लिइन्छ । यस वर्षको सूर्यग्रहण सामाकोशीस्थित तक्षशिला एकेडेमीले हेर्ने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ८ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।