८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल(२०७७ असार २,मंगलबार)


२ असार २०७७, मंगलबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ असार २ गते मंगलबार तदनुसार जुन महिनाको १६ तारिक । नेपाल सम्बत ११४० । तिथि दशमी , ०५ः३७ बजे उप्रान्त एकादशी नक्षत्र अश्विनी ,३० ः २५ बजे उप्रान्त भरणी योग शोभन , १४स्४१ बजे उप्रान्त अतिगण्ड करण भद्रा ०५ ः ३७ बजेदेखि वव , १८ ः ३६ बजे उप्रान्त तैतिल चन्द्रराशि मेष आनन्दादि योग अमृत दिनमान ३४।३५ सूर्योदय ०५ ः १० सूर्यास्त १९ ः ०० सर्वार्थसिद्धि योग ५स्३७ बजेपछि । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प. तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने समय छ ।
वृष– कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला ।
मिथुन– लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ, साथै धनजनको आर्जन होला ।
कर्कट– सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धन तत्काल खर्च गर्नुपर्ला छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुनेनैछ ।
सिंह– समझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
कन्या– दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ । नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ ।
तुला– अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ ।
वृश्चिक– पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।
धनु– पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन ्। विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ ।
मकर– पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ ।
कुम्भ– आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षित होइउला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ ।
मीन– केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ७ : ०२ बजे