
६ असार०७७,नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएकी कैलालीकी कोरोना सङक्रमित महिलाको शव बर्दियाको मानखोलास्थित ढकेरी जङ्गलमा सत्गति गर्ने क्रममा नेपाली सेनाको टोली अन्तिम सलामी दिए ।
सत्गतिकै क्रममा एकातिर जंगलमा खाडल खनेर पन्छिइएको माटो देखिन्छ भने सेतोपिपिई कपडा लगाएका सैनिक हात उठाएर भावविह्वल हुदै सलामी दिईरहेका छन् ।
सत्गति गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र नेपाली सेनाका कर्णेल नकुल थापाको पनि सहभागिता थिए । तस्वीर राष्ट्रिय समाचार समितीका लागि मेनका चौधरीले खिेचेकी हुन् ।







प्रतिक्रिया