१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काभ्रेको बनेपाबाट छ जुवाडे पक्राउ


७ असार २०७७, आइतबार  

0
Shares


७ असार ०७७, बनेपा । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बनेपा नगरपालिका–६ स्थित २८ किलो नजिकै एक घरबाट छ जुवाडेसहित लाखौँ नगद बरामद गरेको छ । पाँचकुमारी पेट्रोलपम्प रहेको जनक तिमल्सिनाको घरमा जुवातास खेलिरहेका तिमल्सिनालगायत छ जनालाई नगदसहित पक्राउ गरेको प्रहरीले आज सार्वजनिक गरेको छ ।

प्रहरीले उक्त जुवाखालबाट रु छ लाख ५४ हजार ५०० बरामद गरेकोसमेत जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले गत शुक्रबार राति १० बजे ३९ वर्षीय तिमल्सिनासहित धुलिखेल नगरपालिका–४ का ३५ वर्षका रामेश्वर केसी, सोही वडाका ४० वर्षीय अनिल थापा, ३४ वर्षका भोला राय र ४२ वर्षका किरण रञ्जितकार तथा तेमाल गाउँपालिका–८ निवासी २८ वर्षका विश्वराज तामाङलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

नगद, चार थान तासबुक तथा एक थान तन्दासहित पक्राउ परेका उनीहरुलाई मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद गरेको प्रहरीले जनायो । साथै उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ९ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।