८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल(२०७७ असार १२,शुक्रबार)


१३ असार २०७७, शनिबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ असार १२ गते शुक्रबार तदनुसार जुन महिनाको २६ तारिक २०२० । शक संवत ्१९४२ । नेपाल संवत् ११४० । दिल्लाथ्व प्रमादी । उत्तरायण ग्रीष्म । शुक्रवार आषाढ शुक्लपक्ष तिथि सप्तमी, २६ः३३ बजे उप्रान्त अष्टमी । नक्षत्र पूर्वफाल्गुनी, १०ः३४ बजे उप्रान्त उत्तरफाल्गुनी योग व्यतीपात, २४ः०० बजे उप्रान्त वरियान् करण गर १५ः४३ बजेदेखि वणिज, २६ः३३ बजे उप्रान्त वालव चन्द्रराशि सिंह । आनन्दादि योग लुम्ब दिनमान ३४।३४ । सूर्योदय ०५ः१२, सूर्यास्त १९ः०,२ देवपाटनमा गङ्गामाई रथयात्रा । सूर्य पूजा । त्रिपुष्कर योग १०ः३४ देखि २६ः३३ बजेसम्म । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– अरुले आदर गर्नेछन् । मान सम्मान मिले पनि मनमा डर रहने छ । धन मान पाउने योग छ । नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिन ेछ ।
वृष– नयाँ कुरा जान्ने सिक्ने सोच आउने छ । मनोरञ्जन पूर्ण रहने दिन छ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।
मिथुन– नयाँ कामका स्रोत फेला पर्लान । काममा मन प्रसस्त मात्रामा जानेछ बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ ।
कर्कट– खानामा सचेत रहनु पर्ने दिन छ । पिडा दिनेहरु सक्रियछन् सावधान रहनु होला घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ ।
सिंह– काममा अरुको समर्थन पाइने छ । अन्नको काममा लाभ हुने दिन छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला ।
कन्या– रुपैया पैसा आर्जन हुने योग परेको छ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।
तुला– नसोचोको स्थानबाट धन आर्जन हुनेछ । पैसो कमाउने योग छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ ।
वृश्चिक– खानपिनमा सजक रहनु होला । व्यर्थको खर्चले मन पिरोल्ला । समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ ।
धनु– काममा कठिनाइ सहनु पर्नेछ । प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन ।
मकर– आय सन्तोष जनक रहनेछ । बचत हुने प्रवल सम्भावना छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ।
कुम्भ– कामहरु सजिलै संग बन्ने छन । नया कामका योजनाहरु बन्ने सम्भावना छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला ।
मीन– हातहतियार, आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ५ : ४० बजे