२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दुर्घटनामा पत्रकारको निधन


१४ असार २०७७, आइतबार  

0
Shares


१४ असार ०७७, रुपन्देही । सवारी दुर्घटनामा परी रुपन्देहीमा गए राति एक कलाकार तथा पत्रकारको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार कृष्णबाबु पाण्डेको आफैँले चलाएको कार दुर्घटनामा निधन भएको ५ नं प्रदेश प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
बा ७ च ६९५९ नम्बरको कार चलाएर बुटवलबाट आफ्नो निवास ड्राइभरटोल तर्फ जाँदै गर्दा राति करीब ११ बजे सडक छेउको रेलिङमा ठोक्किँदा गम्भीर घाइते हुनुभएका न्युज २४ टिभीमा कार्यरत पत्रकार पाण्डेको गए राति करीब १२ः४५ बजे बुटवलको चौराहा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पाण्डेको टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र कार पूर्ण रुपले क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
पत्रकार पाण्डेको शव परीक्षणका लागि अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रनाउ पाण्डेले जानकारी दिनुभयो । पछिल्लो समय पत्रकारितामा नै व्यस्त पाण्डेले पावरन्युजनेपाल अनलाइन सञ्चालन गर्दै आउनुभएको थियो । स्थायी घर स्याङ्जाको बिर्घा रहेका पत्रकार पाण्डेको केही वर्षअघि ‘भंगेरी चरीले मैदानमा लरी लरर’ नामको तीजगीत चर्चित भएको थियो ।
पाण्डेको निधनमा तिलोत्तमा मिडिया क्लबले दुःख व्यक्त गरेको छ । अध्यक्ष लक्ष्मण पौडेलले आज शोक विज्ञप्ति जारी गरी क्लबका सदस्य पाण्डेको सवारी दुर्घटनामा घाइते भई उपचारका क्रममा भएको असामयिक निधनले क्लबलाई मर्माहत तुल्याएको जनाउनुभएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ९ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।