४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिकामा कोरोना भाइरसको खोपको परीक्षण


१८ असार २०७७, बिहिबार  

0
Shares

गतमार्च १६ मा खोप लगाउँदै वर्षीया जेनिफर। तस्बिरः एपी

१७ असार ०७७ वासिङ्टन । (रासस–एएनआई) – संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ ।
एफडिएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिनुभयो । उहाँले अरु छ किसिमका खोप पनि परीक्षणको क्रममा रहेको बताउनुभयो ।
अमेरिकी प्रशासनले सन् २०२१ को जनवरीसम्ममा कोविड–१९ का लागि ३० करोड भ्याक्सिन उत्पादन गरी बितरण गर्ने लक्ष्य राखेको छ ।
अमेरिकी संक्रामक रोग विज्ञ एन्थोनी फाउचीले अमेरिकामा सुरक्षित र कामकाजी किसिमको भ्याक्सिन तयार हुनेमा अझै आशावादी हुने लक्षण नदेखिएको चेतावनी दिनुभएको छ ।
उहाँले भ्याक्सिनका प्रभावकारिता सम्बन्धी विवरणहरु आगामी वर्षको शुरुतिर मात्र प्राप्त हुने पनि जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ८ : ५६ बजे