११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा चट्याङ लागेर मृत्यु भए चार लाख दिइने


२१ असार २०७७, आइतबार  

0
Shares

२० असार ०७७, नयाँदिल्ली (रासस÷एएनआई) ः भारतको बिहार राज्यले चट्याङ मृत्यु भएकाको परिवारलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । समाचारमा जनाइएअनुसार उक्त राज्यका मुख्यमन्त्री नितिश कुमारले शनिबार सो घोषणा गर्नुभएको हो ।
गत बिहीबार मात्र वर्षासँगै परेको चट्याङलले लागेर बिहारमा २२ जनाको ज्यान गएको थियो । मुख्यमन्त्री नितिश कुमारले शनिबार सो घोषणा गर्नुभएको भारतीय सञ्चारमाध्यमहले जनाएका छन् ।
बिहारको विपद् व्यवस्थापन विभागले गत शुक्रबार बिहान चट्याङ लागेर २२ जनाको र अघिल्लो हप्ता कम्तीमा पनि ९२ जनाको ज्यान गएको बताएको थियो ।
बिहारमा मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ७ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।