२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


व्यास जयन्तीमा सार्वजनिक बिदा


२१ असार २०७७, आइतबार  

0
Shares


२१ असार ०७७,तनहुँ । तनहुँको व्यास नगरपालिकाले व्यास जयन्ती (गुरु पूर्णिमा) को अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । असार २१ गते आज मनाइने गुरु पूर्णिमाको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाको ३२आँै नगरसभाको निर्णयबमोजिम स्थानीय बिदा दिने निर्णय भएको र उक्त दिन नगरपालिका कार्यालय र अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका अन्य कार्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो ।
गुरु पूर्णिमाको अवसरमा कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम रहेको छ । तनहुँका स्थानीय तहहरुले विभिन्न पर्व, दिवसलगायतका अवसरमा सार्वजनिक बिदाको निर्णय गर्ने गरेका छन् ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ८ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।