२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको नौ ठाँउमा १० कोरोना संक्रमित फेला


२३ असार २०७७, मंगलबार  

0
Shares


२३ असार ०७७, काठमाडौं । ललितपुरको भिन्न ९ ठाँउमा १० कोरोना संक्रमित फेला परेको छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेका अनुसारे ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँमा नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।
भक्तपुरको बालकोट र गट्ठाघरमा समेत कोरोना सङ्क्रमण भेटिएको पाण्डेले बताउनुयो । काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।
मंगलबार उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडाँै, ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा सङ्क्रमण देखिएको छ ।
साथै काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्रबाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ८ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।