११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रहरी महानिरीक्षकमा थापा


२३ असार २०७७, मंगलबार  

0
Shares

। मुलुकको २८औँ प्रहरी महानिरीक्षक ९आइजी० मा शैलेश थापा क्षेत्रीलाई बढुवा गरिएको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

यही बुधबार रातिदेखि हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे अनिवार्य अवकाश लिने भएकाले आज मन्त्रिपरिषद्ले थापालाई आइजीमा बढुवा गरेको हो । हाल उहाँ प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभाग विभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
भक्तपुरको कटुञ्जे ९ हालको सूर्यविनायक नगरपालिका० मा जन्मिएका थापा अब्बल प्रहरी अधिकृत हुन् । विसं २०४९ मा प्रहरी निरीक्षक भएदेखि नै उनी कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट हुँदै आएका थिए । उनी अहिले महानिरीक्षकका लागि पनि पहिलो नम्बरमै थिए । विसं २०७५ असोजमा डिआइजी भएका थापा गत साल चैत ९ गते एआइजीमा बढुवा भएका हुन् ।
उहाँसँगै अर्का एआइजी हरिबहादुर पाल पनि प्रहरी महानिरीक्षकको प्रतिष्पर्धामा थिए । एआइजी तारिणीप्रसाद लम्साल भने हालका प्रहरी महानिरीक्षक ज्ञवालीसँगै बुधबार रातिदेखि अनिवार्य अवकाश लिँदै छन् ।

गत माघ २८ मा प्रहरी महानिरीक्षकमा बढुवा भएका ज्ञवाली पाँच महिना मात्रै आइजिपीको कार्यकाल छ । उनको कार्यकालको अधिकांश समय कोभिड–१९ सङ्क्रमणमा रुमल्लिन पुग्यो ।
इमान्दार र कुशल सङ्गठनको रुपमा चिनिएका उनको कार्यकाल पनि विवादरहित नै रह्यो । कोभिड–१९ का कारण खास उल्लेखनीय नयाँ काम गर्न पाएनन् ।
थापाको कार्यकाल भने आगामी विसं २०७९ साल वैशाखसम्म रहनेछ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले बुधबार साँझ प्रहरीको स्वागत र बिदाइको कार्यक्रम राखिएको जानकराी दिए ।
थापाको सङ्गठनमा यस्तो छ योगदान
विसं २०४९ वैशाख १९ मा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका थापा राजधानीबाहिर सिन्धुपाल्चोक, सल्यान, धादिङ, झापा, कास्कीमा बसेर सेवा दिएका छन् ।
प्रहरी नायब महानिरीक्षक हुँदा थापाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको समेत नेतृत्व लिएको थिए । त्यसअघि लामो समयमा प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर काम ग्रे । तीनवटा युएन मिशनमा समेत सहभागी थापा कुशल सङ्गठकका रुपमा चिनिन्छन् ।

प्रहरी समूहका ९८औँ व्याजमा उनीसँगै हालका एआइजी पाल पनि प्रवेश थिए । थापासँगै प्रहरी सङ्गठनमा प्रवेश गरेका उनका सहकर्मीहरु केही डिआइजी त भने केही एसएसपी नै छन् । नवनियुक्त आइजी थापा व्यवस्थापकीय जिम्मेवारीमा अब्बल मानिन्छन् । पाल भने कमान्ड नियन्त्रणमा पोख्त छन् ।
प्रहरी निरीक्षक हुँदा प्रतिष्ठानसँगै सल्यान र सिन्धुपाल्चोकमा खटिएका थिए । प्रहरी नायब उपरीक्षक हुँदा धादिङ जिल्लाको नेतृत्व सम्हाले । प्रहरी उपरीक्षक भएपछि उनले झापा र कास्की प्रहरीको नेतृत्व सम्हाले । उनले प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० र प्रहरी नायब महानिरीक्षक ९डिआइजी० हुँदा केन्द्रीय प्रहरी प्रवक्तासमेत भएा

े । उनी एआइजी भएपछि भने प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागको प्रमुख समेत बने ।
हालका प्रहरी महानिरीक्षक ज्ञवाली प्रहरी नायब महानिरीक्षक ९डिआइजीबाट एकैचोटि बढुवा भएर महानिरीक्षक बनेका हुन् । उनको नियुक्तिमा भने सरकारले प्रशंसा पाएको थियो । प्रहरी सङ्गठनमा हालका थापाको नियुक्तिलाई पनि स्वच्छ निर्णयका रुपमा हेरिएको छ ।

ज्ञवालीअघिका प्रहरी महानिरीक्षक नियुक्तिको विषय अदालतमा समेत पुगेको थियो । कनिष्ठलाई नियुक्ति गरिएको भन्दै कतिपय प्रहरी अधिकृतले राजीनामा दिएको उदाहरण छ । यसपटक निर्विकल्प रुपमा उनको नाम गएको एक प्रहरी अधिकृतले बताएका छन् ।

चार वर्षअघि जयबहादुर चन्द आइजी हुँदा प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल अदालत पुगेका थिए । उपेन्द्रकान्त अर्याल आइजी हुँदा पनि प्रहरीमा विवाद बल्झिएको थियो । सर्वेन्द्र खनाल डिआइजीबाट बढुवा हुँदा तत्कालीन डिआइजी रमेश खरेलले राजीनामा दिउका थिए । प्रहरी नियमावलीमा ज्येष्ठता, कुशल नेतृत्वकर्ता, कार्यक्षमता, प्रोत्साहन र परिचालन गर्ने क्षमता लगायतका आधारमा आइजी हुने आधार छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ११ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।